कृषि सामाग्री हस्तान्तरण

लम्कीचुहा कृषी शाखा द्वारा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण

बिहिबार, जेष्ठ २७, २०७८, कैलाली । 

साना व्यावसायिक उत्पादन केन्द्र (तरकारी पकेट) विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लम्किचुहा नगरपालीकाको कृषि साखाले लम्कि झुङगा कृषक समुहलाई कृषि सामाग्री हस्तातरण गरेको छ ।

लम्की चुहा कृषि साखाले साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम अन्तरगर्त सामाग्री हस्तातण गरीएको हो ।

जसमा पावरटिलर १ थान, अर्थाअगर २ थान, टनेल हाउस १७ वटा, स्प्रे ट्यान्की १७ वटा, इलेक्ट्रोनिक ट्यान्की १७ वटा, सिचाई मोटर ५ वटा लगायत अन्य बिषादी तथा बिउ बिजन हस्तातरण गरीएको हो । ८ लाख उक्त समुहको र ८ लाख लम्की चुहा नगरपालिकाको गरि १६ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तातरण पछी आफ्नो प्रतिक्रिया राख्दै लम्किचुहा नगरपालीकाका आर्थिक विकास समिति संयोजक तथा लम्किचुहा वडा नम्बर ८ का वडा अध्यक्ष पूर्ण बहादुर बिष्टले लम्किचुहा नगरपालीकाले अहीले कृषिमा लगानी गरेको बताउदै पहिला अनुदान पाएपछी मात्र खेति गर्ने तर आफै लगानी गरेको नदेखिएपछी अहीले आफुहरुले तेस्ता कुराको निगरानी गरेर केही परीवर्तन गरेको बताउनु भयो ।

लम्किचुहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष जनक बमले किसानहरुलाई अनुदानको भर मात्र नपर्न आग्रह गदै नगरपालीकाले सक्दो गर्ने बताउनु भयो ।

लम्किचुहा नगरपालीका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिक्रम चौधरी ले लम्कीचुहा कृषि साखाले किसानलाई सक्ने अनुदा र परामर्स दिएको बताउनु भयो ।

समाजसेबि देशराज चौधरीले किसानलाई बाली लगाउने प्राविधिक ज्ञान दिन जरुरी रहेको बताउनु भयो । कृषकले पनि सामाग्री पाउँदा खुशी व्यक्त गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा लम्की चुहाका कृषि प्राविधिक सुरेश ढुंगाना,नम्रता अधिकारी,कृषि बिज्ञ गिरिजा चौधरी लगायको उपस्थिति रहेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै