Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

‘हाम्रा सैनिकहरुले अझै जोखिम उठाउन सक्थे तर अफगानिस्तानका नेता देश छोडेर भागे’- जो बाइडन

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान

User Photo मङ्लबार, भदौ १, २०७८
काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’

आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।

अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताए ।

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ् । अरबौं डलर खर्च गर्यौं । अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं । तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए । हतियारले सुसज्जित यति धेरै सैनिकले कसरी हार माने यो गम्भीर सोचनीय विषय हो ।’

अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उनले आतंकवादविरुद्धको लडाइँ जारी रहने बताए ।

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उनले सो प्रतिक्रिया दिएका हुन् । अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताउँदै उनले संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने अझै बाँकी रहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.