अफगानिस्तान सत्ता कब्जा

‘हाम्रा सैनिकहरुले अझै जोखिम उठाउन सक्थे तर अफगानिस्तानका नेता देश छोडेर भागे’- जो बाइडन

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान
मङ्लबार, भदौ १, २०७८, काठमाण्डौ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’

आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।

अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताए ।

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ् । अरबौं डलर खर्च गर्यौं । अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं । तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए । हतियारले सुसज्जित यति धेरै सैनिकले कसरी हार माने यो गम्भीर सोचनीय विषय हो ।’

अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उनले आतंकवादविरुद्धको लडाइँ जारी रहने बताए ।

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उनले सो प्रतिक्रिया दिएका हुन् । अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताउँदै उनले संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने अझै बाँकी रहेको बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

मङ्लबार, भदौ १, २०७८ (August 17, 2021, 10:36 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै