Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नागरिक उन्मुक्ति पार्टीका नेताहरूले टीकापुर घटनाका राजबन्दीलाई भेटे,

User Photo सोमवार, भदौ ६, २०७९
काठमाण्डौ ।

नागरिक उन्मुक्ति पार्टीका नेताहरूले धनगढीमा रहेका टिकापुर घटनाका राजबन्दीहरूसँग भेट गरेका छन् । वि.सं २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनाका आरोपित राजबन्दीहरूलाई भेट गरि ७ गते टीकापुरमा हुने कार्यक्रममा ऐक्यबद्धता जनाउन तथा विना सर्त रिहाइको माग गर्दै भेट गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी , कोषाध्यक्ष कोमल ज्ञवाली , नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरी , केन्द्रीय सदस्य नेत्र प्रसाद जोशी , केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रवक्ता भक्त बहादुर चलाउने , केन्द्रीय सदस्य रामेश्वर चौधरी , कैलाली क्षेत्र नं २ का संयोजक मिलन चन्दको सहभागीता रहेको थियो ।
नागरिक उन्मुक्ति पार्टीको आयोजनामा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाको सम्झनामा मंगलबार बृहत कार्यक्रम हुदैछ । राजबन्दीमा रहेका घर परिवारका सदस्यलाई समेत उक्त कार्यक्रम सम्मान गरिने केन्द्रीय सदस्य तथा सु.प. संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनु भएको छ । टीकापुर घटनाका आरोपितहरूलाई विना सर्त रिहाइ गर्नुपर्ने माग उनीहरूको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.