Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कुहिरा नदिमा पुल निर्माणमा ढिलाई भएपछि सांसद अरुण चौधरी पुगे सस्पेन्सन बृज डिभिजनमा

कैलाली क्षेत्र नम्बर २ मा भइ रहेका विकासे गतिविधिमा पछिल्लो समय चासोको रुपमा सांसद चौधरी लागेका छ्न

User Photo शुक्रबार, भदौ १, २०८०
काठमाण्डौ ।

कैलालीको बर्दगोरिया गाउँपालिका बर्दगोरिया धामको पश्चिम पट्टी वडा नम्बर २ र ३ लाई जोड्ने कुहिरा नदि माथी निर्माणाधीन झोलुङ्गे पुल अझै पनि निर्माण नभए पछि कैलाली क्षेत्र नम्बर २ का सांसद अरुण कुमार चौधरीले चासो दिनु भएको छ । अघिल्लो आर्थिक वर्षमा बन्नु पर्ने पुल नबनेछी सांसद अरुण कुमार चौधरी ललितपुरमा रहेको सस्पेन्सन बृज डिभिजनमा पुगेर चासो दिनु भएको हो ।

कैलाली क्षेत्र नम्बर २ मा भइ रहेका विकासे गतिविधिमा पछिल्लो समय चासोको रुपमा सांसद चौधरी लागेका छ्न आफ्नो क्षेत्र भित्र निर्माणाधीन विकासे योजना लाई छिटो सक्ने र नयाँ योजना लाई अगाडि बढाउन व्यापक रुपमा खटी राख्नु भएको छ ।

तेहि क्रममा बर्दगोरियाका का वारीपारिका जनताहरु लाई आवत जावतमा समस्या भए पछि पुल निर्माण छिटो सक्न निर्देशन दिनु भएको हो । भेटमा योजना प्रमुख सम्भु कार्कीले आगामी दशै भित्र जसरी पनि पुल निर्माण गरि सक्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उक्त ठाउँमा पुल बनेमा बर्दगोरिया ३ पुरै वडा र मोहन्याल गाउँपालिकाका तल्लापानी,चाया भावर लगायतका गाउँ लाई सहज हुने छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.