Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने

User Photo आइतवार, कार्तिक १९, २०८०
काठमाण्डौ ।

जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर मिति २०८०/०७/१७ गते राति ११:४८ बजे गएको ६.४ म्याग्नेच्यूडको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लाका बासिन्दाहरुको अकल्पनीय मानवीय क्षतिप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्प परिवार प्रति गहिरो समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। यस दुखद घडिमा नेपाल सरकारले भुकम्प प्रभावितको राहत, पुनर्निमाण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दारकोषबाट एकद्वार नीतिमा व्यवस्थापन गर्ने योजना बमोजिम यस गाउँपालिकाले जनप्रितनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट जनप्रतिनिधिको १० दिन अधिकृतस्तरको कर्मचारीको ५ दिन र सहायक तथा सहयोगी कर्मचारीको ३ दिन साथै मावि तहको शिक्षकको ५ दिन र अन्य तहको शिक्षकको हकमा ३ दिन बरावरको तलब सुविधा कट्टी गरी हुन आउने कुल रु. १३,५०,०००/- (अक्षरुपि तेह लाख पचास हजार मात्र) रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दारकोषमा जम्मा गर्ने निर्णय गरिएको वेहोरा अनुरोध छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.