जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने

आइतवार, कार्तिक १९, २०८०, काठमाण्डौ । 

जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर मिति २०८०/०७/१७ गते राति ११:४८ बजे गएको ६.४ म्याग्नेच्यूडको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लाका बासिन्दाहरुको अकल्पनीय मानवीय क्षतिप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्प परिवार प्रति गहिरो समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। यस दुखद घडिमा नेपाल सरकारले भुकम्प प्रभावितको राहत, पुनर्निमाण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दारकोषबाट एकद्वार नीतिमा व्यवस्थापन गर्ने योजना बमोजिम यस गाउँपालिकाले जनप्रितनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट जनप्रतिनिधिको १० दिन अधिकृतस्तरको कर्मचारीको ५ दिन र सहायक तथा सहयोगी कर्मचारीको ३ दिन साथै मावि तहको शिक्षकको ५ दिन र अन्य तहको शिक्षकको हकमा ३ दिन बरावरको तलब सुविधा कट्टी गरी हुन आउने कुल रु. १३,५०,०००/- (अक्षरुपि तेह लाख पचास हजार मात्र) रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दारकोषमा जम्मा गर्ने निर्णय गरिएको वेहोरा अनुरोध छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, कार्तिक १९, २०८० (November 5, 2023, 6:32 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै