Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

माेदी अाउने भएपछी खाल्डा टाल्दै सरकार, चालकले साेधे- ‘बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा छ ?’

User Photo
मङ्लबार, साउन २२, २०७५

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई घच्घचाइरहेको छ ।

त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय छन्, नभई सुख पनि छैन । अन्य समयमा धान रोप्ने खेतजस्तो बन्ने गरी पानी जम्दा पनि वास्ता नगर्ने सरकारले बेमिस्टेककै लागि भए पनि मुख्य सडकहरु सुधार गर्दा स्थानीय, सवारी चालक र यात्रुलाई सहज भएको छ ।


advertisement

मंगलबार बानेश्वर चोकमा केहीबेर सवारी आवागमन नै रोकेर खाल्डा पुरियो । त्यतिबेला जाममा फसेका यात्रुले सरकारलाई ब्यंग्य कस्न भ्याए । विभागका प्राविधिकले साना-साना खाल्डा पनि खोज्दै पुरेको देखेपछि केही यात्रुले सँधै यसैगरी काम गर्न सुझाव दिए ।

स्थानीय ब्यापारीहरुले पनि विदेशी पाहुना आउने भएपछि गरिने यस्तो ‘शुभ काम’ सँधैभरि गर्ने सद्बुद्धि सरकारलाई प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना व्यक्त गरे ।

जामका फसेका एक मोटरसाइकल चालकले ठूलै विभागका स्वरमा भने,’यहाँको भ्वाङ टालियो, ठीक भयो, बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा’छ ?’

उनको भनाइमा सबैले हाँसेर धेरैले सहमति जनाए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.