Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

दक्षिण कोरिया जस्तै जापानले पनि नेपाली कामदार लैजाने, यस्ताे छ तयारी

User Photo
मङ्लबार, साउन २२, २०७५

काठमाडौँ । सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् ।

ती अधिकारीका अनुसार यो विषयमा श्रम मन्त्रालयले जापानसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ । यद्यपि, यो विषय सार्थक हुन केही समय भने लाग्ने ती अधिकारीको भनाई छ । उनी भन्छन्, ‘अहिले जापानमा कामदारको निकै अभाव छ । जापान सरकार पनि नेपाली कामदार इमान्दार हुने भएकाले यहाँबाट कामदार लैजान इच्छुक रहेको देखिएको छ । छलफल निकै सकारात्मक ढंगले अगाडी बढिरहेको छ ।’


advertisement

उनले यो कुटनीतिक विषय भएकाले एक/दुईदिन भित्र परराष्ट्र मन्त्रालय स्तरबाटै छलफल अगाडी बढाइने बताए ।

नेपालीहरु कमाउनका लागि विद्यार्थी भिसाको प्रयोग मार्फत निकै बढी जापान गइरहेका छन् । विद्यार्थी भिसा सहजै पाइने भएकाले सोही भिसालाई धेरै नेपालीहरुले जापान प्रवेशको माध्यम बनाउँदै आएका छन् । पछिल्लो समय जापान नेपालीहरुको आर्कषक गन्तव्य बनेको छ ।

नेपाल र जापान सरकारबिचको छलफल सफल भएर कार्यान्वयनमा आए नेपालबाट जापान जान शुल्क समेत सस्तो पर्ने ती अधिकारीको भनाइ छ । अहिले दक्षिण कोरियामा नेपाली कामदार पठाएजस्तै जापानमा पनि नेपाली कामदार पठाउँन लागिएको ती अधिकारीले भने । दक्षिण कोरिया प्रवेशका लागि इपिएस परिक्षा उतिर्ण गरेपछि एक लाख रुपैयाँ शुल्क तिरेर जान पाइरहेका छन् । इपिएस प्रणाली लागु हुनुभन्दा पहिला ८ लाख रुपैयाँसम्म तिरेर नेपाली कामदार दक्षिण कोरिया जाने गरेका थिए ।

गत शुक्रबार जापान सरकारले सार्वजनिक गरेको श्वेतपत्रले जापानमा २० वर्षदेखि कामदारको अभाव हुँदै गएको र त्यो अभाव पछिल्लो समय झन् चुलिँदै गएको भनेको थियो । अहिले जापान सरकार अभाव भएको कामदारको परिपूर्तिका लागि नेपाल सरकारसँग पनि सकारात्मक देखिएको छ । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो ।

कतिपय उद्योगहरुले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारको अभावको समस्या झेलिरहेको उल्लेख गरिएको श्वेतपत्रमा कामदार घट्ने चूनौतीलाई सामना गर्न जापानले प्रविधिमा अझ बढी लगानी गर्नुपर्ने सुझाव दिएको थियो । पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको हो । सन २०१६ मा हरेक एक हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जनदर घटेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.