सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।
उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् ।
कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ ।
सरकारले कम्तीमा पनि पाँच वर्षकालागि वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे अबको तीन महिनापछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुवँरले बताए ।
उनका अनुसार राजधानी लगायत स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या बिकराल बन्दै गएको छ । अहिले सिसडोलाई ल्याण्डफिल भन्दापनि डम्पिङसाइट भन्ने अवस्था र्सिजना भएको छ । लिचेड कहा व्यवस्थापन भैरहेको छ अत्तोतत्तो छैन, जताततै आफुखुसी फोहोर व्यवस्थापन गरिएको छ ।
वैकल्पिक स्थान नभएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताउदै कामपा वातावरण व्यवस्थापन समितिका संयोजक एवं कामनपा १२ का अध्यक्ष विकास डंगोलले राज्यले ध्यान नदिदा समस्या आएको बताए ।
महानगरद्धारा गठित समितिका सदस्य एवं वडा नम्वर ४ का अध्यक्ष मोहन विष्ट, २६ वडा अध्यक्ष ख्यामराज तिवारी र वडा नम्बर १७ का कार्यपालिका सदस्य प्रेम पुजारी सहितको टोली ल्याण्डफिल साइट अवलोकन गर्न पुगेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द