दैनिक एक माना दुध दिने गाेरू, गाँउभरी प्रसाद स्वरूप बाडिन्छ दुध

शुक्रबार, भदौ १५, २०७५, । 

एउटा भनाई छ– गोरु ब्याउँदैन । नब्याएकाे कुनैपनि प्राणि दुध दिदैन, गाेरूले दुध दिने त कुरै अाएन, गाेरूले पनि दुध दिँदैन । सत्य यहि हाे तर गाेरूले दुध दिएमा यसलार्इ के भन्ने ?

हाे, यस्तै भएकाे छ यति बेला । हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जो काेही गाेरू पनि दुध दिन्छ भन्दै फर्किने गरेकाछन । सामाजिक सञ्जालमा गाेरू दुहुदै गरेकाे भिडियाे समेत भार्इरल हुदै गएकाे छ ।

तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् ।

भन्छन् – विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।

अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ ।

सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् ।

उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो ।

गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, चार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

हेर्नुहाेस भिडियाे

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, भदौ १५, २०७५ (August 31, 2018, 8:12 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै