Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

अाज सकिदै बिमस्टेक चौथो शिखर सम्मेलन, यस्ताछन अाजका कार्यक्रम

User Photo
शुक्रबार, भदौ १५, २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन शुक्रबार सकिदैछ । बिहिबार उद्घाटन भएको सम्मेलन शुक्रबार काठमाडौँ घोषणा पत्र तय गर्दै सकिन लागेको हो ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसपछि बिहान ११ बजेबाट सुरु हुने बिम्स्टेकको दोस्रो सत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउनेछन्।

सम्मेलनमा बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू)मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्ने कार्यत्रम छ ।

यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुनेछ र अन्त्यमा काठमाडौँ घोषणापत्र तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो पश्चात् नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिनेछ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.