Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

घट्दो खेती, बढ्दो रासायनिक मल

User Photo आइतवार, भदौ ३१, २०७५

मकवानपुरमा केही वर्षयता खेती गर्ने जमिनको क्षेत्रफलसँगै उत्पादन घट्दो र रासायनिक मलको प्रयोग बढ्दो पाइएको छ । खेतीयोग्य जमिनमा बढ्दो प्लटिङसँगै कृषिमा लाग्ने जनशक्ति पलायन र बाँझो राख्ने प्रवृत्तिका कारण खेती गर्ने क्षेत्रफलसँगै कृषिजन्य उत्पादनमा ह्रास आएको हो ।

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा खेतीयोग्य जमिनको प्रयोग र उत्पादन घट्दो छ । मकवानपुरमा आर्थिक वर्ष २०७३/७४ मा ११ हजार २०५ हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ४० हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार चार सय मेट्रिक टनमा झरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा २३ हजार ७१० हेक्टरमा मकै खेती गरिएकोमा ६८ हजार ७५९ मेट्रिक टन मकै उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/ ७५ मा मकै २३ हजार ६३० हेक्टरमा खेती गरिएकोमा ६८ हजार ९९९ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/७५ मा कोदो दुई हजार ६८५ हेक्टरमा लगाइएकोमा तीन हजार ३०३ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ६७० हेक्टरमा खेती गरिएकोमा तीन हजार २५३ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

खाद्यान्न बाली उत्पादनमा ह्रास आए पनि तरकारी बाली उत्पादनमा वृद्धि भएको पाइएको छ । कृषि कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा एक हजार ११० हेक्टरमा तरकारी खेती गरिएकोमा १८ हजार २०४ मेट्रिक टन उत्पादन भएकोमा उत्पादनमा वृद्धि भई गत आर्थिक वर्षमा तरकारी एक हजार २०५ हेक्टरमा लगाइएको १९ हजार ८२२ मेट्रिक टन उत्पादन भएको छ । खेती गर्ने जमिनको क्षेत्रफल बढ्दै गए पनि रासायनिक मलको प्रयोगमा वृद्धि भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, हेटौँडा शाखाबाट गत आर्थिक वर्षमा तीन हजार ८२५ मेट्रिक टन रासायनिक मल बिक्री भएको थियो ।

कम्पनीले जिल्लाका ७० कृषि सहकारीमार्फत मल बिक्री गरेको हो तर चालू आर्थिक वर्षमा कम्पनीले चार हजार ६५ मेट्रिक टन रासायनिक मल बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीका शाखा प्रमुख शर्मिला घिमिरेले आर्थिक वर्ष २०७३/७४ मा तीन हजार ७५९ मेट्रिक टन रासायनिक मल बिक्री भएकोमा २०७४/७५ मा बढी परिणाममा बिक्री भएको जानकारी दिनुभयो ।

कम्पनीले उक्त अवधिमा तीन हजार ६५० मेट्रिक टन रासायनिक मल बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको भदौको दोस्रो सातासम्ममा ३०५ मेट्रिक टन युरिया मल बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवघिमा डीएपी १४८ मेट्रिक टन र पोटास २.५ मेट्रिक टन बिक्री भएको छ ।

उत्पादन गर्ने जमिन घट्दै गए पनि रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । सबै किसिमको अन्नबालीमा रासायनिक मलको प्रयोग गर्ने गरिएकोले पनि रासायनिक मलको माग बढ्दो छ ।कम्पनीले अघिल्लो वर्षमा छ महिनामा बेच्ने मल चालू आर्थिक वर्षको साउन महिनामा बिक्री गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कँडेलले रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.