Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

तितेपातीबाट तेल उत्पादन

User Photo
शुक्रबार, अशोज १९, २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।

पाथेकाका ९ युवाको समूहले सेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो ।


advertisement

करिब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।

‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सन्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सन्चालक मुगाधन राईले बताए ।

‘तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो’–उनले भने ।

सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिकारुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए ।

‘प्रतिलिटर रु ८ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ’–राईले भने–‘हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।’

तेल उत्पादन गर्नका लागि एकपटकमा करिब ७०० किलो तितेपाती पकाउनुपर्छ । दुईपटकमा गरी करिब दुई लिटर तेल निकाल्न सकिन्छ ।

तितेपाती संकलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.