Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

तितेपातीबाट तेल उत्पादन

User Photo
शुक्रबार, अशोज १९, २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।

पाथेकाका ९ युवाको समूहले सेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो ।

करिब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।

‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सन्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सन्चालक मुगाधन राईले बताए ।

‘तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो’–उनले भने ।

सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिकारुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए ।

‘प्रतिलिटर रु ८ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ’–राईले भने–‘हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।’

तेल उत्पादन गर्नका लागि एकपटकमा करिब ७०० किलो तितेपाती पकाउनुपर्छ । दुईपटकमा गरी करिब दुई लिटर तेल निकाल्न सकिन्छ ।

तितेपाती संकलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.