Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

सांसद रावलले भने ‘आमाको कसम १ रुपैयाँ कमिसन खाएको प्रमाण ल्याउनुहोस, सांसद पद बाट राजिनामा गर्छु’

User Photo बिहिबार, पुस ५, २०७५

पौष ५ लम्की । कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य झपट रावलले १ रुपैया कमिसन खायको प्रमाणित गरे सांसद पदबाट राजिनामा दिने बताउनु भएको छ।

कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गरि सांसद रावलले रानी जमरा कुलरिया सिचाँई आयोजनाको कुनै पनि छ्नोट समितिको संयोजकमा आफू नभएको र नियमले समेत नमिल्ने कुरा पत्रीकामा लेखी आफ्नो चरीत्र हत्या गरिएको आरोप लगाउनु भयो ।

आयोजना बाट १ रुपियाँ लिएको प्रमाणित गरे आफ्नो पद र राजनीति बाटै सन्यास लिने समेत बताउनु भयो । पत्रीकाले आफू लाई छनोट समितिको संयोजक बनाएर समाचार छापेकाले सो कुरा प्रमाणित गर्न उहाले आग्रह गर्नु भयो ।

पत्रकार प्रती आफ्नो सधै सम्मान रहेकाले पित पत्रकारिता नगर्न उहाँको अपिल छ । कानुनी प्रक्रिया नबुझी, बिना आधार आफूलाई जोडेर समाचार आएकाले यसमा कुनै सत्यता नभएको पनि दाबि गर्नु भयो ।

पत्रकारले साचो कुरा बाहिर ल्याउनु पर्ने भएकाले झुटो कुरा लेखी जनतामा भ्रम छर्ने काम नगर्न पनि अाग्रह गर्नु भयो । विकास देखि अत्तालिएकाहरु अहिले कोठामा बरेर अनेकौ प्रोपोगन्डा रचिरहेको सांसद रावलको आरोप छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.