Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

सांसद रावलले भने ‘आमाको कसम १ रुपैयाँ कमिसन खाएको प्रमाण ल्याउनुहोस, सांसद पद बाट राजिनामा गर्छु’

User Photo
बिहिबार, पुस ५, २०७५

पौष ५ लम्की । कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य झपट रावलले १ रुपैया कमिसन खायको प्रमाणित गरे सांसद पदबाट राजिनामा दिने बताउनु भएको छ।

कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गरि सांसद रावलले रानी जमरा कुलरिया सिचाँई आयोजनाको कुनै पनि छ्नोट समितिको संयोजकमा आफू नभएको र नियमले समेत नमिल्ने कुरा पत्रीकामा लेखी आफ्नो चरीत्र हत्या गरिएको आरोप लगाउनु भयो ।


advertisement

आयोजना बाट १ रुपियाँ लिएको प्रमाणित गरे आफ्नो पद र राजनीति बाटै सन्यास लिने समेत बताउनु भयो । पत्रीकाले आफू लाई छनोट समितिको संयोजक बनाएर समाचार छापेकाले सो कुरा प्रमाणित गर्न उहाले आग्रह गर्नु भयो ।

पत्रकार प्रती आफ्नो सधै सम्मान रहेकाले पित पत्रकारिता नगर्न उहाँको अपिल छ । कानुनी प्रक्रिया नबुझी, बिना आधार आफूलाई जोडेर समाचार आएकाले यसमा कुनै सत्यता नभएको पनि दाबि गर्नु भयो ।

पत्रकारले साचो कुरा बाहिर ल्याउनु पर्ने भएकाले झुटो कुरा लेखी जनतामा भ्रम छर्ने काम नगर्न पनि अाग्रह गर्नु भयो । विकास देखि अत्तालिएकाहरु अहिले कोठामा बरेर अनेकौ प्रोपोगन्डा रचिरहेको सांसद रावलको आरोप छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.