Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

बाैद्ध-जाेरपाटी-साँखु सडक नबनाएकाे भन्दै स्थानियकाे प्रदर्शन

User Photo मङ्लबार, जेष्ठ २८, २०७६
काठमाण्डाै ।

चाबहिलदेखि बाैद्ध-जाेरपाटी हुँदै साँखु जाेड्ने सडक वर्षाैँ बित्दा समेत खनेर अस्तव्यस्त नै छाेडेकाे विराेधमा स्थानीय प्रदर्शनमा उत्रिएका छन् । काठमाडौं थलीका स्थानीयले आज स्वत:स्फूर्त प्रदर्शन गर्दै सवारी साे रुटमा सवारी आवागमन नै ठप्प पारेका छन् । उनीहरुले आज म‌ंगलबार बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् ।

सडक विस्तारका लागि भत्काइएको सडक लामाे समय बित्दासमेत मर्मत नभएकाेकाेमा उनीहरु विराेधमा उत्रिएका हुन् । स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणमा ढिलाइ भइरहेकाे र यसकाे यसर साे रुट हुँदै आवागमन गर्ने स्थानीयले भाेग्नुपरेकाे उनीहरुकाे गुनासाे छ । आक्रोसित युवाहरुकाे भीडले सरकारविरुद्ध नाराबाजी गर्दै अविलम्ब सडक मर्मत गर्न माग गरेका हुन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध समेत नाराबाजी गर्दै कारबाहीकाे माग गरेका छन् ।

बर्षा लाग्न थालेदेखि यस सडकमा हिलाे जम्ने र सुख्खा हुँदा धुलाे उड्ने गरेकाे छ । जसका कारण यस रुटमा सवारी हाँक्न तथा यात्रा गर्न सकस हुँदै आएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.