गत जेष्ठ २३ गते आएको हावा हुरी पिडितलाई कैलालीकाे लम्किचुहा वडा नं. २ ले आज एक कार्यक्रमका बिच राहत रकम वितरण गरेको छ ।
वडा नं. २ मा हावा हुरीले जम्मा ५० घरमा क्षति र्पुयाएकाे प्रहरीले उठाएको मुचुल्काका आधारमा कार्यलयले राहात स्वरूप नगद वितरण
गरेकाे हाे । पुर्ण क्षति भएकालाई रु. १० हजार, मध्यम क्षति भएकालाइ रु. ५ हजार र आंशिक क्षति भएकालाइ रु. २५ सय उपलब्ध गराउने निर्णय वडा कार्यलयले गरेकाे थियाे । तर वडा भित्र पुर्ण क्षति भएको मुचुल्का र सिफारिस नआएको वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले बताउनु भयो ।
३४ जना मध्यम क्षति भएका र १६ जना आंशिक क्षति भएका गरि जम्मा ५० जनालाइ कुल २ लाख १० हजार रुपैया वितरण गरिएकाे अध्यक्ष ढकालले बताउनु भयो ।

