Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

लाखाै लगानीमा असंख्य पटक ब्रुमर गुडे, सहरको धुलो ज्युँका त्युँ

User Photo बुधबार, भदौ ४, २०७६
काठमाण्डाै ।

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।

उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्युँका त्युँ रह्यो ।

सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको बताइएको छ । सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौँका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.