Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

‘बाचा’मै सीमित मेलम्चीको पानी !

User Photo बुधबार, भदौ २५, २०७६
काठमाण्डाै ।

काठमाडौँ । सांसद सरला कुमारी यादवले मेलम्चीको पानी काठमाडौ ल्याउने सरकारी पक्षको पटकपटकको वाचा वाचामै सीमित हुन पुगेको भन्दै पानी ल्याएर बाचा पूरा गर्न सरकारलाई आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले २०७२ सालदेखि मेलम्चीको पानी काठमाडौमा खस्ने भन्दै आएपनि २०७६ सम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य भएको बताएकी हुन् ।

उनले मेलम्चीको काम ९७ प्रतिशत सम्पन्न भएपनि इटालियन ठेकेदार कम्पनीले पाउने रकम विवाद देखाएर काममा बाँकी काम पूरा गर्न सरकारले ढिलाइ गरेको आरोप लगाइन् ।

‘ठेकेदार कम्पनीले काम छोडेर गएपछि आयोजना अलपत्र अवस्था छ । तसर्थ छिटोभन्दा छिटो अलपत्र परेको काम सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु’ सांसद यादवको भनाई छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.