Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

वार्षिक १८ लाख रुपियाँ कमाइ

User Photo बुधबार, मंसिर १८, २०७६
काठमाण्डाै ।

दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।

बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।

१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए ।

उनले भने, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’

१२ कक्षासम्म अध्ययन गरेर जागिरे जीवन पनि सुरु गरेका न्यौपानेले जागिरले घर व्यवहार चलाउन नसक्दा तरकारी खेतीमा लागेको बताए । २०६८ सालबाट तरकारी खेती सुरु गरेका न्यापानेले तरकारीको आम्दानीबाटै आमाबुबा, छोराछोरी र श्रीमतीसहित ६ जनाको परिवार धानेका छन् ।

उनले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाउनुका साथै जमिनसमेत जोडेका छन् । दैनिक १० देखि १२ घण्टासम्म खेतबारीमै समय बिताउँदा विदेशको भन्दा दोब्बर कमाइ हुने भएकालेले पनि आफूलाई विदेश जाने रहर नजागेको बताए । उनले भने, ‘मिहिनेत गरे यही अमेरिकाभन्दा बढी कमाइ हुन्छ भने किन विदेश जाने ?’

तरकारीमा विषादी प्रयोग नगर्नुका साथै गाईभैँसी र कुखुराको गोठे मल प्रयोग गरेर आर्गनिक तरकारी उत्पादन गर्दा बजारमा आफ्नो तरकारीको माग निकै बढी हुने गरेको उनी बताउँछन् ।

न्यौपाने एग्रिकल्चर पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर तरकारी खेतीमा लागेका न्यापानेले हिउँदमा सिँचाइको व्यवस्थापन गर्न नजिकैको पाटीखोलाबाट पाइपमा पानी ल्याएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.