साधारणतया तिलको प्रयाेग स्वादका लागी भइरहेकाे हुन्छ । यसकाे महत्व यतीमा मात्र सिमित छैन । झन माघे सक्रान्तिमा तिलकाे लड्डु खाने चलनले पनि चिसाेमा यसकाे प्रयाेग फाइदाजनक हुन्छ भन्ने कुरामा जाेड दिन्छ।
वास्तवमा यसको सेवन यति फाइदाजनक छ तपाइले स्वादकाे लागी मात्र नभइ विभिन्न शारिरीक फाइदाका लागी पनि सेवन गर्न सक्नुहुन्छ । चिसो मौसम सुरु हुनेबित्तिकै यसकाे सेवन झन लाभदायक हुन्छ ।
तिलका ७ फाइदाहरू यहाँ प्रस्तुत गरिएकाे छ ।
छालाः
छालाको लागि तिलको तेल निकै फाइदाजनक हुन्छ । तिलको तेलको उपयोगले छालाले आवश्यक पोषण, मोइस्चर पाउने गर्छ ।
तनाव र डिप्रेशनः
तिल भिटामिनयुक्त पदार्थ हो । तिलको नियमित प्रयोग गर्दा तनाव र डिप्रेसनजस्ता समस्या पनि कम हुने गर्छ ।
कोलेस्ट्रोलः
तिलमा मोनो–स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले शरीरमा कोलेस्ट्रोल कम गर्ने काम गर्छ ।
मुटुरोगः
तिलको उपयोग गर्दा मुटुरोगीलाई पनि फाइदा मिल्छ ।
क्यान्सरः
तिलमा सेसमिन नामको एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सरजस्तो रोगको कोसिका बढ्न दिँदैन ।
मुटुका मांसपेशीः
तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमजस्ता तत्वले मुटुका मांसपेशीलाई सक्रिय रुपमा कम गर्न मद्दत गर्छ ।
हड्डीको विकासः
तिलले बनाइएको खानेकुरा आफ्ना बालबच्चालाई पनि खुवाउनुहोस् । तिलमा डाइट्री प्रोटिन र एमिनो एसिड हुन्छ जसका कारण यसको सेवनले हड्डीको विकास हुन्छ ।
