Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार: प्रधानमन्त्री ओली

एमसीसी कन्ट्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँगकाे सम्झाैता

User Photo बुधबार, माघ १५, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन् ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन् ।

यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’

कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उनले बताए । यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.