Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

कस्तो हुने अबको लम्किचुहाले परिकल्पना गरेको आदर्श मेयर ?

धिरज सन्ज्याल
आइतवार, भदौ ३०, २०८१
कैलाली ।

लामो राजनीतिक संघर्षहरुको इतिहास बोकेको नेपालले बि.स २०५२ साल पछि नेकपा माओवादी पाटिले गरेको दस बर्षे जनयुद्धको सुरुवाती समय बाट हुन पर्ने भुईमान्छेहरुको सरकार स्थानीय सरकार सरकारका रुपमा जनता संग जोडीने कुराबाट पुर्णरुपले च्युत गरायो ! माओवादीले सुरु गरेको ऐतिहासिक संघर्षको सकारात्मक वा नकारात्मक असरहरु र आन्दोलनको गरिमा माथिल्लो श्रेणिमा नै राख सकिन्छ र सकिला त्यस्को अलगै पाटो बाट ब्याख्या विश्लेषण गर्न सकिछ तर उक्त आन्दोलन पछिको जनआन्दोलन र त्यस पछिका ताजा राजनीतिक उपलब्धिहरुले एक ऐतिहासिक कार्य गर्यो जुन स्थानीय तहको निर्वाचनले नागरिकहरूको भविष्यको मार्गदर्शनमा निर्णायक भूमिका खेल्ने लोकतान्त्रिक अभ्यास । स्थानीय तहको निर्माण र निर्वाचनको प्रक्रिया अन्तरगत स्थानीय निर्वाचन ०७४ र पछि ०७९ गरि एक पुर्ण र पछिल्लो करिब आधा गरि दुई नेतृत्व देखि सक्दा नेतृत्व गर्न सक्षम र आदर्श मेयर लम्किका जनताले पाएको महसुस गरेका छैन्न ।

एक आदर्श र उत्कृष्ट मेयरका लागि केवल भौतिक पूर्वाधारको बिकास र विस्तार मात्र पर्याप्त हुँदैन। शहरको विकासको सही अर्थ भनेको समावेशी, दिगो, र सर्वाङ्गीण प्रगति हुनु पर्दछ जुन कुरा बाट निवर्तमान मेयर फेल भैसकेपछि बर्तमान पासहुने सम्भावना देखिंदैन । शक्तिशाली सरकारका शक्तिशाली मेयरले शिक्षा क्षेत्रमा अग्ला भवन तथा सुबिधासम्पन्न ठाउँहरुमा दिईने शिक्षा र साना कुटि र पाटी पौवाहरूमा हुने शिक्षालाई समेत गुणस्तरीय र समानान्तर रुपमा बिकास गर्न सक्नु पर्दछ, कृषि र उद्योगमा सुधार, स्तरीय स्वास्थ्य प्रणाली, र नागरिकहरूको दैनिकीलाई सहज बनाउने अनुकूल वातावरणको निर्माणलाई समेट्नुपर्छ तब मात्र एक मेयर जनताका लागि आदर्श बन्न सक्दछ।


advertisement

आगामी निर्वाचनका लागे लम्किचुहा नगरपालिकाले परिकल्पना गरेको मेयरको रूपमा कसैलाई कल्पना गरेको छ भने जनताको साथीको रूपमा शहरको विकासलाई परिभाषित गर्न चाहने मेयर कल्पना गरोस । जसले सबैभन्दा पहिले, शिक्षा क्षेत्रमा सुधार ल्याउन ध्यान देओस। गुणस्तरीय र व्यवहारिक शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउन पहल गरोस, ताकि नागरिकहरूले आफ्नै वडामा आधुनिक शिक्षण विधि, सूचना प्रविधि, र स्थानीय आवश्यकताहरूअनुसारको पाठ्यक्रमको फाइदा लिन सकून्। यो केवल विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिलाउन मात्र होइन, नगरवासीको सशक्तिकरणका लागि पनि महत्त्वपूर्ण ओखती साबित हुनेछ।

त्यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा समेत ध्यान दिएर नगरको आर्थिक अवस्थालाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रयास गर्ने मेयर लम्किचुहाले कल्पना गरोस, जसले कृषकहरूको आम्दानीमा वृद्धि ल्याउनेछ। कृषकहरूलाई आधुनिक प्रविधि र सिँचाइ सुविधामा प्रयाप्त पहुँच दिने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्न स्थानीय बजारहरूको विकास गर्ने, र उपभोक्ता र उत्पादकबीचको दूरी घटाउने नीतिहरू लागू गर्ने मेयर कल्पना गरोस ।

त्यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि, स्थानीय स्वास्थ्य संस्थाहरूलाई सुदृढ गर्न। प्रत्येक वडामा न्यूनतम स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गराउने, आवश्यक औषधिहरूको भण्डारण, स्वास्थ्यकर्मीहरूको व्यवस्थापन, र जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेर आधारभूत स्वास्थ्य सेवाहरू सबै नगरवासीको पहुँचमा पुर्‍याउने योजना सहितको भिजनरी मेयर कल्पना गरोस जस्ले लम्किचुहाको स्वास्थ क्षेत्रमा आमुल परिवर्तन ल्याउने छ ।

रोजगारी सृजनाका लागी साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनले रोजगार सिर्जना र आत्मनिर्भरतामा योगदान पुर्‍याउनेछ। स्थानीय स्रोत र सीपका आधारमा उद्योग स्थापना गर्ने, उद्यमशीलता तालिम दिने, र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने योजनाहरू कार्यान्वयन गरिदिने मेयर कल्पमा गरेको छ र गरोस । यसबाट नगरवासीहरूलाई स्वरोजगारका अवसरहरू उपलब्ध हुनेछन। नगरको दिगो विकासका लागि शहरी योजना, वातावरण संरक्षण, जल व्यवस्थापन, र यातायात व्यवस्थापनमा सुधार गरी नगरलाई आधुनिक, आकर्षक, र हराभरा बनाउने योजना तयार गरोस। यससँगै, सामाजिक र सांस्कृतिक विकासलाई पनि सँगै लैजाने नीति निर्माण गरोस् भन्ने मेयर लम्किचुहाले कल्पना गरोस र गरेकोछ ।

यो संगै लम्किचुहाले कल्पना गरेको मेयर एकदमै महत्वपूर्ण क्षेत्र पर्यटन प्रवर्द्धनको क्षेत्रमा समेत प्राथमिकतामा राखेर काम गर्ने होस पर्यटन क्षेत्रले नगरको आर्थिक स्थितिमा महत्वपूर्ण सुधार ल्याउन सक्दछ जस्मा मास्टर प्लान भएको मेयर लम्किचुहाले कल्पना गरेको छ जस्ले हाम्रो नगरका ऐतिहासिक स्थल, सांस्कृतिक सम्पदा, र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आकर्षण बढाउने प्रयास गरोस । पर्यटन क्षेत्रको विकासले न केवल रोजगारीका अवसरहरू सिर्जना गर्नेछ, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै नगरवासीको आयस्तरमा वृद्धि गर्नेछ। यसका लागि सुविधाजनक यातायात, होटल तथा आवासीय संरचनाहरूको विकास, पर्यटक मैत्री नीति, र स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा जोड दिने हुनुपर्दछ यस्तै यावत जनजिविकाका सवाल संगै स्मार्ट नगरको परिकल्पनाकार मेयरले मात्र लम्किचुहाको सपना पूरा गर्नेछ ।

मेयरको रूपमा मैले कल्पना गरेको मेयर र मेरो दृष्टिकोण जनताको साथ सधैं जोडिएर, समृद्ध, न्यायपूर्ण, र दिगो नगरको निर्माण गर्नतर्फ निर्देशित रहने हुनुपर्दछ। आगामी निर्वाचनमा लम्किचुहाले परिकल्पना गरेको मेयरका लागि म त तयार छु । उत्कृष्ट लम्किचुहाको परिकल्पनाकार तपाईंहरु पनि कोहि हुनुहुन्छ भने तयार भएर भिजन र मिसनको जनभारी सहज ढंगले उठाएर बस्नुहोस । हामी कोहिले कसैलाई गाली गर्नु पर्नेछैन ।
जय नेपाल 🇳🇵

# धिरज सन्ज्याल # लम्किचुहा

Writer Image

धिरज सन्ज्याल

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.