Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

सुप आइडल २०७५ (सिजन–२) काे तयारी अन्तिम चरणमा, ७ नं. प्रदेशका सबै जिल्लामा अडिसन हुने

User Photo
शनिबार, भदौ १६, २०७५

अब केही दिनमै सुप आईडल सिजन-२ काे अडिसन सुरू हुने भएको छ । प्रदेश नं ७ मा गायन प्रतिभाकाे खाेजी गर्दै अायाेजना गरिएकाे प्रथम सुप आइडलले स्थानिय स्तरमा निकै लाेकप्रियता र सफलता प्राप्त गरेकाे थियाे । सुप अार्इडलकै निरन्तरता स्वरूप सिजन- २ सुरू हुन लागेकाे अायाेजकले बताएकाे छ ।

तिलक फिल्मस् प्रालि, काठमाडौंको आयोजनामा हुने सुप आइडल सिजन–२ को ६० प्रतिशत कामको तयारी पुरा भएको प्रबन्ध निर्देशक दीपक जोशीले बताएका छन ।


advertisement

प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला गरी ९ वटै जिल्लामा अडिसन हुने आयोजकले जानकारी दिएको छ ।

अडिसनमा भाग लिन ईच्छुक प्रतियोगीहरुका लागि केही दिनमै ९ वटै जिल्लामा फाराम वितरण हुने स्थानहरु र आइडलको मुख्य प्रायोजक, सह–प्रायोजकहरुको नाम सार्वजनिक गरिने प्रबन्ध निर्देशक जोशीले बताए ।

सुप अार्इडलकाे उपाधि जित्नेलार्इ १ लाख नगद पुरस्कार साथै निशुल्क गित रेकर्डिङ लगायतकाे ब्यबस्था हुने छ । त्यस्तै द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद पुरस्कार हुने आयोजकले बताएकाे छ ।

प्रथम सुप आइडल २०७४ को उपाधि बझाङ्गका सुनिल नेपालीले हात पारेका थिए । त्यसैगरी द्वितीय कैलालीकी पुनम चौधरी र तृतीय डोटीका निरज विक भएका थिए । तिलक फिल्मस् प्रालि काठमाडौंले विजेतालाई नगद २५ हजार र द्वितीय हुने प्रतियोगीलाई नगद १० हजार प्रदान गरेको थियो भने दुवै जनालाई गीत रेकर्डिङको निःशुल्क व्यवस्था समेत आयोजकले गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.