मोडल सुरज रावल द्दारा अभिनित लोक कोसेली `उडायो पछयौरी`बजारमा(भिडियो )

बुधबार, पुस १८, २०७५, । 

मोडल रावलले अभिनय गर्नु भएको नयाँ लोकदोहोरी गित बजारमा आएको छ । म्युजिक भिडियोमा सुरजको अपोजिटमा सञ्चिता शाहीलाई देख्न सकिन्छ । नेपाली सांगीतिक आकासमा मोडलिङ आफ्नो नाम सुरक्षित राख्न सफल मोडल रावलको यस म्युजिक भिडियोमा अभिनय निकै राम्रो देखिन्छ ।

प्रियसी म्युजिकबाट सार्वजनिक भएको यस गीतमा स्वर प्रविन घर्तीमगर र जमुना रानाले दिनु भएको हो भने केशब मगरले संगीत दिनु भएको छ । लिरिक्स दुर्गा शाहीले गर्नु भएको छ । भिडियोमा नृत्य सिनेमेटोग्राफर बासु न्यौपानेले गर्नु भएको हो भने वबिता श्रेष्ठले निर्देशन गर्नु भएको हो

कलाकारीतामा निकै चासो राख्ने मोडल रावलले नेपाली संगीतप्रेमीहरुका लागि नयाँ नयाँ प्रस्तुति दिँदै आउनु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा २०४५ भदौमा जन्मिएका रावल सानै देखि कलाकारीतामा निकै रुचि राख्नु हुन्थ्यो ।

२०६१ सालमा स्थानीय शान्ति उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी पास गर्नु भएका रावलले २०६५/६६ मा स्थानीय महाकाली माध्यमिक विद्यालयबाट +२ पास गरेपछि उहाले सांगीतिक क्षेत्रमा आगमन भएको हो । उहाले दर्जन चर्चित गितहरुमा अभिनय गरि सक्नु भएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, पुस १८, २०७५ (January 2, 2019, 7:39 pm) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै