कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ५ चौरिमा रहेको जन जागृती माध्यामिक विद्यालयको ४२ औ बार्षिक उत्सव आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष कृष्ण बहादुर बडुवालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकार कैलाली क्षेत्र नम्बर २ क का प्रदेस सांसद रतन बहादुर थापा रहनु भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य न्याएधि बक्ता कुलानन्द उपाध्याय र जिल्ला समन्वय समिती समिती कैलालीका सभापती सुर्य बहादुर थापा रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद रतन बहादुर थापाले ग्रामीण भेगमा बिज्ञान र ईन्जिनियरिङ संकाय विद्यालयले संचालन गरेकोमा प्रसंशा गर्दै अब स्कुले शिक्षामा प्राबिधिक विषयहरु लाई जोड दिनु पर्ने बताउनु भयो । प्रदेश सरकारले शिक्षा क्षेत्रमा विशेष प्रकारका योजन ल्याउन लागेको जानकारी दिनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्य न्याएधिबक्ता कुलानन्द उपाध्यायले आफुले यहि विद्यालयमा पढेको स्मरण गर्दै विद्यालयले प्राबिधिक शिक्षा सुरु गरेकोमा धन्यवाद दिदै आफ्नो तर्फ बाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्याक्त गर्नु भयो ।
जिल्ला समन्वय समिती सभापति सुर्य बहादुर थापाले निकट भबिस्यमै लम्की चुहा नगरपालिकालाई शिक्षा क्षेत्रको गढ बनाउने योजना सुनाउनु भयो । कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक कोमल प्रसाद अधिकारी, हर्केश धामी,रेवती बोहोरा र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान ग्रहण गरिएको थियो ।
विद्यालयको ३ करोड २४ लाख ६४ हजार ७९७ रुपैया बराबरको आयब्याय समेत परस्तुत गरिएको थियो । वाषिर्क उत्सव कार्यक्रममा गायीका रेखा जोशीको विषेश परस्तुती सङ्गै विद्यार्थीहरुले नित्य परस्तुत गरेका थिए ।
विद्यालयका सहायक प्रध्यानाध्यापक मोति प्रसाद उपाध्यायको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन शिक्षक चक्र प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा लम्किचुहा नगरपालिकाको मेयर टीका थापा,वडा नम्बर ५ कि अध्यक्ष माया बिष्ट,नेकपा नेता लाल बहादुर सोडारी,व्यावस्थापन समिती सदस्य डम्बर भण्डारी,पुर्व व्यवस्थापन समिती अध्यक्ष बखत बहदुर बिष्ट , रन सिंह बिक, शिक्षक गोरख बहादुर बटाला पुर्व शिक्षक प्रमेश्वर राज कार्की लगायतकाले शुभकामना मतव्य राख्नु भएको थियो ।
