Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

गीत लेखेरै डा. डीआर उपाध्याय द्वारा १५ औ पटक वर्ल्ड रेकर्ड

User Photo सोमवार, असार २२, २०७७
काठमाण्डाै ।

डा. डीआर उपाध्यायले गीत लेखेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यसअघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले यसपटक ‘मायाको सागरमा’ एल्बमको एउटा गीत १२ भाषामा तयार पारेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् ।

सामाजिक दूरी कायम गर्दै शनिबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गीतकार उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री यादवले लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका गीतकार उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गीत अफ रेकर्डसहित १५ वटा विश्वकीर्तिमान कायम गरेको बताए । यस्तो रेकर्डले विश्वमा नेपालको नाम फैलनुका साथै नेपालीको गौरव बढाएको उनले बताए ।

गीतिसंग्रह ‘मायाको सागर’मा यो गीत संगृहीत छ । गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतलाई सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डा. डीआर उपाध्याय स्वयंले गाएका हुन् । मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको हो ।

कार्यक्रममा उपाध्यायले आफूले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएको बताए । उनले कला सशक्त माध्यम भएको बताउँदै अरूभन्दा केही फरक गीत लेखेर गिनिज अफ वर्ल्ड रेकर्डसहित १५ विश्वकीर्तिमान कायम गरेर नेपाललाई विश्वमा चिनाउने काम गरेको बताए ।

गीतकार डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अञ्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिस्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दूर’, ‘अन्तराप’, ‘जखम’, ‘मायाको सागरमा’ जस्ता १९ वटा गीतिएल्बमका सयौं गीत आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.