Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

भारतबाट मोहन्यालका एक युवाको सन्देश- ‘हाम्रालाई भन्दा पनि राम्रालाई ल्याउने प्रयत्न गरौ’

User Photo सोमवार, बैशाख २७, २०७८
काठमाण्डाै ।

सर्वप्रथम त सम्पुर्ण मोहन्याली दाजुभाइ तथा दिदिबहिनी अग्रज ब्याक्तित्व आदरणीय आत्मीय प्रियजन साथै सुभचिन्तक हरुमा हार्दिक नमन् साथै, नमस्कार छ ।

नबोलौ नबोलौ भन्छु किन किन यो मन मान्दैन हे भगवान ! साचिक्कै भन्नुपर्दा हाम्रो मोहन्याल को हालत हेर्ने हो भने धेरै नैं कष्टकर छ तपाईं हामी सम्पूर्ण लाई था नै छ होईन देशमा यति ठूलो डर लाग्दो तरिकाले दिनहुँ मान्छे मर्ने र अन्य धेरै कुरा को समस्या भएको छ किन हाम्रो ठाउँका बुझ्ने अक्सर साथीहरू र केही बुझकार नेता ज्यु हरू चुप बस्नु भएकोे छ सबै मिलेर मोहन्यालि जनता र आफ्नो समाज को लागि केही गर्न जरुरी ठान्छु हुन त यो सबै आफ्नो आफ्नो वडा का अध्यक्ष ज्यु बाट हुँदा अझ राम्रो हुने थियो त्यो नभए सबै मिलेर गर्दा पनि हुन्छ साच्चै अहिले त्यो ठाउँमा पनि दिन प्रति दिन अवस्था बिग्रदै गएको छ ।

अब यस्तै हो भने सबै जनताले आफ्नो ख्याल आफै गर्नु होला, कित सबै जनताहरु मिलेर यति वेला कान मा तेल हाले झै सुती रहने नेता लाई आज को दिन् पछि बहिस्कार गर्न जरुरी छ ।

किन भने यस्तो अवस्थामा कुनै पनि निकायको ध्यान गएको देखिएको छैन जनताको लागि केही एक कुरा को त सुविधा होश न त्यसैले छ त ? हामि भने आफ्नो गाउँ समाज प्रति हामी विदेश भए पनि हामीलाई धेरै चिन्ता हुन्छ र माया पनि कसैले पनि देख्नु भएको छ र यो बेला नेपालमा यस्तो माहामारी छ लकडाउन छ जताततै गरिब जनता रोगले भन्दा भोकले मर्दैछन अझै धेरै मर्नेवाला छन मोहन्यालमा तपाईं को नाटक बन्द गर्नुहोस्, हामीले बुझेका छौ साथै तराई बस्ने र मोहन्याल लाई माया गर्ने पछि गएर नेता बन्ने सपना जुन देख्नु भएको छ उहाँ युवा साथी हरू ले पनि अलि ध्यान दिनु पर्यो खाली सपना बुनेर हुँदैन सायद साथै मोहन्याल का युवा र भावी नेता ज्यु तपाईंहरु ले पनि सक्नु हुन्छ यत्ति कुरा त जो कि सहि के हो गलत के हो भनेर छुट्याउन कि त नसक्ने निर्णय लिनु भाछ ।

त्यसैले भन्छु तिनथुप्रो का भारि अनि केहिमात्राका झोले साथीहरु जता दाम उतै जाने हो- हो तेही भएर आजको दिनमा हामि मोहन्याल का हामी भेडाजनता हरुले यो अवस्था भोग्नु परेको हो ।

तेसैले म के भन्न चाहन्छु भने सम्पूर्ण मोहन्यालि दाजुभाइ तथा दिदीबहिनीहरु यि दलालहरुको पछि किन लाग्ने ? देशमा यत्रो ठूलो संकट आइलागेको छ मोहन्याली जनतालाई यस्तो अवस्थामा यि दलालहरुबाट न कुनै सहयोग न त कुनै आश न कुनै भरोसा यस्तो अवस्थामा हुने समाजेवा तथा हरपल आफ्नो गाउँ समाजका जनतालाई माया गर्ने अग्रज साथी हरू लगायत समाजसेवा मा हर समस्या मा उपस्थित गर्दै आउनु भएको छ ।

साथै अलिकति भए पनि मलम पट्टी लगाउदै आई राख्नु भएको छ भने यि दलालहरुलाई हामिले गाऊपालीकाको ढुकुटीमा खाई नखाई हाम्रो कर जम्मा गरेको रकम चाहिँ दलालहरु ले आफ्ना आसे पासे अनि आफ्नो भुडि मात्रै भर्ने त्यसैले जब सम्म तपाई हामि सुध्रिदैनौ । एक चोक्टा मासु र एक गिलास रक्सीमा हामि नबिकि आफ्नो बहुमुल्य मतको सदुपयोग गर्दैनौ तब सम्म हामिले सोचेको र देखेको मोहन्याल र जनताका निम्ति सपनाहरु पुरा हुँदैन तेसैले हाम्रालाई भन्दा पनि राम्रालाई ल्याउने प्रयत्न गरौ ।

जय स्वाभिमान जय मोहन्याल ।

  • जनक शाही

मोहन्याल गाउँपालिका कैलाली, हाल भारत


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.