प्रियंका निकै लामो समयदेखि अमेरिकी गायक निक जोनाससँगको आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । विभिन्न भारतीय मिडियाले उनले आफ्नो जन्मदिनको मौका पारेर इन्गेजमेन्ट गरेको दाबी गरिरहेका छन् । उनले निकसँग विवाह गर्नका लागि सलमान खानको नयाँ फिल्म ‘भारत’ बाट बाहिरिएको बताइएको छ ।
प्रियंकालाई हालै सिंगापुरमा आयोजित निकको कन्सर्टको डान्स गरिरहेको देखिएको थियो । सिंगापुरमा छुट्टी मनाएपछि प्रियंका भारत फिर्ता भएकी छिन् ।
फर्कने क्रममा उनले एयरपोर्टबाट बाहिरिँदै गर्दा लगाइरहेको औंठी फुकालेकी छिन् ।
३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !
भास्कर डट कममा प्रियंकाको एउटा भिडियो राखिएको छ । जसमा उनले एयरपोर्टको भिआईपी लाउन्जबाट निस्किरहेका बेला आफ्नो औंठी निकालिन् र त्यसलाई आफ्नो जिन्स पाइन्टको खल्तीमा राखिन् ।
भारतीय मिडियाका अनुसार प्रियंकाले एयरपोर्ट बाहिर भएका क्यामराम्यान देखेपछि आफ्नो औंठी फुकालेकी हुन् । उनले फुकालेको औंठीलाई ‘इन्गेजमेन्ट रिंग’ भनी दाबी गरिएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द