Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

‘ड्रिम गर्ल’ को ट्रेलरमा लभ,कमेडी, एक्शन (ट्रेलर सहित)

User Photo बुधबार, अशोज १७, २०७५

प्रेमकथानक फिल्म ड्रिम गर्लको ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गरि ट्रेलर देखाइएको हो । मंसिर ७ गते प्रदर्शन हुने फिल्मको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्शन र सेन्टिमेन्ट्सको मिश्रण छ ।

ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक फिल्म बनाउने कोसिस गरेको बताए । अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल आफ्ना बिगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने बताए भने यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । उनले ड्रिम गर्लले आफूलाई फिल्म उद्योगमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् । अर्की अभिनेत्री पूजा पराजुलीले फिल्मले दर्शकलाई खुशी बनाउनुका साथै आफ्नो कामको मुल्यांकन गर्ने आश ब्यक्त गरिन् ।

यस फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

निर्देशक ऋषिराज स्वयम्, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । कार्यक्रममा रिल एण्ड रियल सिनेमाका प्रमुख एन्टो रोचा पनि उपस्थिति थिए । दक्षिण भारतमा केही फिल्म निर्माण गरेका एन्टोले आफूले नेपाली फिल्म निर्माणलाई निरन्तरता दिने बताए ।

सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुईटा फिल्म–चुरीफुरी र द्रौपदीको समेत घोषणा गरियो । ड्रिम गर्ल प्रदर्शनपछि ती फिल्म निर्माण गरिने ऋषिराजले जनाए ।

काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ । गम्भीर बिष्टले कोरियोग्राफी गरेको फिल्म राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन । नवीन निरौलाले सम्पादन गरेको फिल्मलाई डिसिएनले बितरण गर्दैछ । यसअघि फिल्मका तिम्रो मायामा हराउने र फुल टिपेर चढाए बोलका दुई गीत दर्शकमाझ आइसकेका छन् । दुवै गीत दर्शकले मन पराइरहेका छन् ।

[youtube https://www.youtube.com/watch?v=N7h7HwnjKV0?feature=oembed]


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.