Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

अम्बानीका छोराकाे वैवाहिक समारोहको सिलसिला शुक्रबार सकिदै, काे काे हुदैछन सहभागि ?

User Photo बिहिबार, असार २७, २०८१
काठमाण्डौ ।

भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्ट शुक्रबार विवाह बन्धनमा बाँधिंदैछन् । एक महिनादेखि चलेको वैवाहिक समारोहको सिलसिला आगामी सप्ताहन्तसम्म चल्नेछ ।

रिहाना, जस्टिन बिबर लगायतका अन्तर्राष्ट्रिय सेलिब्रेटीको उपस्थितिले अम्बानीको विवाह समारोहलाई चर्चामा ल्याएको छ । शुक्रबार मुम्बईमा हुने वैवाहिक समारोहमा ए–लिस्टर कलाकारलाई समेत निम्तो गरिएको छ ।

फेसन डिजाइनर प्रबल गुरुङ अम्बानीको विवाह समारोहमा सहभागी हुन बुधबार बेलुका काठमाडौं हुँदै मुम्बई उडेका छन् । गत साता नेपाल आइपुगेका प्रबल काठमाडौंस्थित घरमा केही दिन बसेर मुम्बई उडेका हुन् ।

प्रबलले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिइसकेका छन् । इकोनोमिक टाइम्सले अनन्त अम्बानीको विवाहमा सहभागी हुने गेस्टको सूची सार्वजनिक गरेको छ । जसमा अर्बपति हलिउड सेलिब्रेटी किम कार्दसियन, उनकी बहिनी खोले कार्दसियन, फ्युचरिस्ट पिटर डायमान्डिस, कलाकार जेफ कुन्स र सेल्फ हेल्प प्रशिक्षक जे शेट्टी पनि विवाहमा सहभागी हुनेछन् ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र टोनी ब्लेयर, पूर्वअमेरिकी विदेशमन्त्री जोन केरी, पूर्वस्वीडेनी प्रधानमन्त्री कार्ल बिल्ड, क्यानडाका पूर्व प्रधानमन्त्री स्टीफन हार्पर र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सामेल छन् ।

विवाह समारोह परम्परागत हिन्दू वैदिक अनुष्ठान अनुसार हुनेछ । १२ जुलाईमा विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा रिसेप्सन तय छ ।

# अनन्त # प्रबल गुरुङ # मुकेश अम्बानी # राधिका मर्चेन्ट

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.