Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सम्बन्धमा कुनै चिसो आएको छैन –रामकृष्ण ढकाल

User Photo बिहिबार, पुस १०, २०७६
काठमाण्डाै ।

काठमाडौँ । गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् ।

‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

उनले व्यक्तिगत विषयमा टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाउँदै नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय भएको बताएका छन् ।

यस्तै ढकालले आफू र श्रीमती निलमलाई जोडेर आएको समाचारप्रति असहमति जनाउँदै भनेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।’

सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आआफ्नै पारिवारिक विषय हुने भन्दै ढकालले जुन नितान्त व्यक्तिगत हुने बताएका छन् ।

यस्तै आफ्फ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको बताउँदै ढकालले भनेका छन्, ‘मैले आफूले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ । तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ।’

उनले आफ्ना सबै दर्शक श्रोता प्रति सधै कृतज्ञ रहेको र रहिरहने बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.