Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नायिका प्रियंका कार्कीकाे विवाह फागुनमा

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक बर्ष पछी विवाह हुदै

User Photo शुक्रबार, माघ १७, २०७६
काठमाण्डाै ।

नायिका प्रियंका कार्कीले आफ्नो बिबाह फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । प्रियंकाले भनिन्–‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भैसकेको छैन । फागुण १७ गते राम्रो दिन छ, सायद यही दिनमा नै हुन सक्छ ।’ अनलाइनखबर संगकाे कुराकानीमा उनले यस्ता बताएकी हुन ।

नायिका कार्कीले केही समय अगाडि कुरा गर्दै यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यस बिषयमा कार्कीले भनिन्–‘सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आयो । काम त सधै नै हुँदोरहेछ । यसैले, फागुणमै समय निकालेर बिहे गर्न लागेका हौं ।’

उनले, आफ्नो भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने बताइन् ।

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक बर्ष बढी भैसकेको छ । समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.