कमेडी च्याम्पियन

‘कमेडी च्याम्पियन’ निर्णायकमा ऋचा नरहने भएपछी अतिथी निर्णायक ल्याइने

आइतवार, साउन ३१, २०७८, काठमाण्डौ । 

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो छाड्ने भएकी छिन् ।

शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा नरहने विशालले बताए । ऋचा आफैले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।

ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । यसपछि, अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने विशालले बताए । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । यसैले पनि उनले टप ५ मा शो पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय गरेकी हुन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, साउन ३१, २०७८ (August 15, 2021, 12:28 pm) मा द्वारा टिभी शाे अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै