बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले भद्रवासमा निगारी बढाएको थाहा पाएपछि विमानस्थल जानलागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।