Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

प्रधानन्यायधिशमा अस्वीकृत दीपकराज जोशी भोलि देखि विदामा बस्ने

User Photo
शनिबार, साउन १९, २०७५

काठमाडौं । प्रधानन्यायधिशमा अस्वीकृत भएका सर्वाेच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी भोलि(आइतबार)देखि विदामा बस्ने भएका छन्। स्रोतका अनुसार विदाका लागि उनले निवेदन दिइसकेका छन्।

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन्।


advertisement

संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्याधीशमा सिफारिस गरेका जोशीलाई शुक्रबार संवैधानिक परिषद्को बैठकले अस्वीकृत गरेको थियो। उनको शैक्षिक प्रमाणपत्रको विवाद रहेको, विवादास्पद फैसला गरेको तथा सुनुवाईका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई अस्वीकृत गर्ने निर्णय भएको हो। उनलाई सरकारले राजिनामा दिन समेत अप्रत्यक्ष रुपमा दबाब दिएको छ।

उनी विदामा बसेपछि सर्वाेच्चका बरिष्ठतम् न्यायधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन्। मिश्र नै भावी प्रधानन्याधीश हुने सम्भावना छ। यद्यपी उनले पनि जाेशीले जस्तै कतिपय विवादास्पद फैसलाहरु गरेका छन्।

सर्वाेच्चमा नयाँ प्रधानन्यायधीश नियुक्त भएपछि जोशीले राजिनामा दिने सम्भावना रहेको स्रोत बताउँछ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.