Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

स्वर्गीय माया विकको श्रद्धान्जली सभा सम्पन्न, दोषीलाई फांसीको सजाय हुनुपर्ने माग

User Photo सोमवार, साउन २१, २०७५

मसुरीया, रमित पाण्डे । कैलालीको गौरीगंगा नगरपालिका ११ जरैकटानकी २१ वर्षिया माया विकको बिभत्स हत्या भई मृत फेला परेको ११ औं दिनको तिथिमा हत्यारालाई सर्बस्व सहित जन्मकैदको सजाय हुनुपर्ने माग सहितको दबाब मुलक र्याली तथा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

प्रगतीशिल शिक्षक मञ्च तदर्थ समिती कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का प्रदेश सांसद टेक बहादुर रैका, दुर्गा बिक गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवा उपमेयर अञ्चला चौधरी लगायत बिभिन्न राजनैतीक दलका प्रतिनीधी, निर्बाचीत जनप्रतिनीधी, सरोकारवाला निकाय र स्थानिय बिद्यालयका बिद्यार्थी शिक्षक सहित स्वर्तस्फुत रुपमा सर्बसाधारणको सहभागीतामा र्याली सहित कार्यक्रम सम्पन्न भएको हो ।

र्यालीका सहभागीहरुले पिडीत परिवारलाई उचित क्षतीपुर्ती सहित अपराधीलाई फांसीको सजाय हुनुपर्ने माग गरेका थिए ।

श्रद्धान्जली शोक सभामामा बोल्दै प्रदेश नम्बर ७ का सांसद टेक बहादुर रैकाले अझैपनि दलित समुदायलाई हेर्ने दृष्टीकोण सुध्रिन नसकेको र हेपाहा प्रवृतीका कारण पनि यस्ता जघन्य अपराध भैरहेको भन्दै सबैभन्दा पहिले दलित भित्रै रहेको छुवाछुत र त्यसपछि अन्य समुदायबाट हुने जातीय छुवाछुत अन्त्य गर्नुपर्ने बताउनु भयो।

स्व.माया बिकको हत्यामा संलग्न ५ जना माथी सर्बप्रथम जातीय छुवाछुत ऐन अनुसार कार्बाही संगै कर्तव्य ज्यान तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाईनु पर्ने र दोषीले घर परिवारबाट पाउने अंश पिडीत परिवारले पाउनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै प्रदेश सांसद दुर्गा बिकले कार्यक्रमलाई सम्बोधन गदै पिडीतलाई न्याय दिलाउने बेला आएको भन्दै माया बिक सर्बप्रथम दलित र त्यसमाथी महिला भएकै कारण हत्या गरीएको बताउदै निष्पक्ष छानबिन गरी दोषीलाई प्रचलीत कानुन बमोजीम सर्बस्व सहित जन्मकैदको सजाय गराउनमा सरकार कटीबद्ध हुनुपर्ने बेला आएको बताउनुभयाे ।स्वर्गिय बिक माथि गरीएको जघन्य अपराधको शब्दमा उतार्न गाह्राे भएको भन्दै घटनाका अपराधीलाई फांसीको ब्यबस्था कानुनमा ब्यबस्था गर्न सके यस्ता अपराध न्युनीकरण हुने भनाई राख्नु भयो ।

नेपालको प्रचलीत कानुनमा जस्तो सुकै अपराधीलाई पनि फांसीको सजायको ब्यबस्था नभएको स्मरण गर्दै सांसद बिकले समय र जनताको मागलाई ध्यानमा राखेर अब संबिधान संसोधन गर्ने बेला आएको जनताको माग अनुसार यस्ता अपराधीलाई फांसीको ब्यबस्था सहितको कानुन निर्माण गर्न पहल थाल्ने बताउनुभयो ।

त्यसै गरी गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवाले माया बिकको घटना निन्दनीय भएकाले दोषीको सजाय मात्र फांसी भएपनि नेपालको कानुनमा फांसीको ब्यबस्था नरहेको हुर्दा पिडीतलाई उचित राहात र दोषीलाई कानुनमा ब्यबस्था भए बमोजिम हदैसम्मको कारर्बाही हुनुपर्ने बताउनुभयाे।

देउवाले यस्ता प्रकृतीका अपराधका घटनाले समाजलाई त्रसीत बनाउने भन्दै कानुन बनाएर अपराधीलाई फांसीको ब्यबस्था गर्नुपर्ने आबश्यकता महसुस गरीएको हुदा नगरपालिकाबाट पहल गर्ने पनि बताउनुभयो।

त्यस्तै नगर उपप्रमुख अञ्चला चौधरीले पनि यस्ता अपराध कम गर्न सबै सजग भई आआफनो स्थानबाट महत्वपुर्ण भुमीका खेल्नुपर्ने आबश्यकता रहेको बताउनु भयो । चौधरीले कानुनलाई परिमार्जन गरेर यस्ता अपराधीलाई फंसीको सजायको ब्यबस्था नहुदा सम्म समाजमा यस्ता घटना घटिरहने रहने भन्दै कानुन संसोधन गर्न जरुरी रहेको बताउनु भएको थियो ।

त्यसैगरी प्रगतीशिल शिक्षक मञ्च तदर्थ समिती कैलालीका अध्यक्ष टेक बहादुर सुनारले माया बिक जातीय हिसाबले दलीत र पहुंचमा कमजोर भएकै कारण घटाना घटाएको बताउनु भयो । दलित उत्पीडीत महिला लगायतका नाममा धेरै निकायहरुले काम गर्ने गरे पनि उक्त घटनाका दोषीलाई सजाय र पिडीतलाई न्याय दिलाउन संचारमाध्यम र सरोकारवाला निकायले खेल्नुपर्ने पर्ने भुमीका चित्तबुझदो नभएको गुनासो गर्नुभयो । यो घटना मनोबैज्ञानीक असर भएको टिप्पणी गर्दै सुनारले २१ औं शताब्दीमा यस्ता अमानवीय घटना घटनुले समृद्ध समाजको कल्पना गर्न नसकीने बताउनु भयो ।

शोक सभामा बोल्ने सबैजसो बक्ताहरुले दोषीलाई फांसीको सजाय हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनीधी यस क्षेत्रका बिद्यालयका बिद्यार्थी, शिक्षक, महिला संजाल लगायत स्वर्तस्फुत रुपमा सर्बसाधारणको उल्लेखीय सहभागीता रहेको थियो ।बढैपुर बाट सुरु भएको रियाली मसुरीया बजारमा पुगेर शोकसभामा परिणत भएको थियो ।

असार १२ गते नगरपालिका बाट घरधुरी सर्वेक्षणमा निस्कीएकी मृतक मायाको शव असार १५ गते चुन्निले घाँटी र सुरुवालले दुवै हात पिठ्यूमा बाँधेको अवस्थामा गौरीगंगा नगरपालीकाकै वडा नंम्बर ११ स्थित चपरतल्ली सामुदायिक वनको जंगलमा फेला परेको थियो ।

गैरीगंगा नगरपालिकामा एक महिने करारमा कार्यरत वि.क.लाई स्थानिय गणेश बडुवाल सहित मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीले सामुहिक बलत्कार गरी हत्या गरेका थिए


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.