Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्हः समयमै सुचना पाएकाे प्रहरीले बचाउन सकेन अपहरित निशानलार्इ

User Photo
मङ्लबार, साउन २२, २०७५

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।

बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

जबकि आईतबार राती नौ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गर्दै छोरा अपहरणमा परेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो ।

समयमै प्रहरीले सूचना पाए पनि अपहरणकारीको पञ्जाबाट निशानलाई किन मुक्त गराउन सकेन ?

निशानको डेराबाट उनको हत्या भएको स्थान मुस्किलले केही किलोमिटरको दुरीमा पर्छ । मान्छेको चहलपहल हुने र बाक्लो बसोबास रहेको क्षेत्रमा लगेर अपहरणकारीले निशानलाई लुकाएको र फिरौती पनि असुल्न नसकिने, घटना पनि सार्वजनिक हुने डरले हत्या गरिएको देखिन्छ ।

सूचना पाएको १५ घन्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमीको नगदेशस्थित श्याम लवटको घर निर्माणका लागि खनेको जगको खाल्डोमा मृत फेला पारेको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.