Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

र्इन्काउन्टर संगै समाप्त भयाे प्रमाण, नयाँ कानुनले भराउने क्षतिपुर्ति पनि नपाउने भए खड्का परिवार

User Photo मङ्लबार, साउन २२, २०७५

काठमाडौं । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था भए पनि अपहरणकारीबाट काँडाधारीमा मारिएका बालक निशान खड्काका परिवारले क्षतिपूर्ति नपाउने भएका छन ।

क्षतिपुर्ति नपाउनुकाे कारण भने अपहरणकारी र्इनकाउन्टरमा मारिनु हाे । प्रहरीले अपहरणकारीलाई ‘इन्काउन्टर’ मा मारेको हुनाले निशानका आमाबुबाले क्षतिपूर्ति नपाउने भएका हुन् ।

नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू हुँदैछ । शनिबार रातिको घटनामा प्रहरीले तहकीकात गर्दा ८/१० दिन लाग्ने भएकाले यो मुद्दा अदालतमा लगभग भदौ १ पछि पुग्न सक्थ्यो । त्यो अवस्थामा अपहरणकारी गोपाल तामाङ लगायतको जायजेथाबाट राज्यले निशानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ।

तर, प्रहरीले अपहरणकारीलाई गोली हानेर मारिदिएपछि अब यो केसमा पीडितले क्षतिपूर्ति नपाउने स्थिति आएको छ । फौजदारी अपराधमा अपराधीसँगै उसको अपराध पनि मरे सरह मानिन्छ । त्यसैले यो केसमा प्रतिवादीको समाप्ति भएको छ ।

अपहरणकारीहरुबाट निशानको परिवारले कति क्षतिपूर्ति पाउने भन्ने कुरा अदालतले तय गर्नसक्थ्यो, जसको ‘च्याप्टर क्लोज’ भएको छ ।

कति सजायँ हुन्थ्यो ?

उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म नरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।

निशानलाई अपहरणपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार नगरी कानुनी कारवाही चलाएको भए उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म नरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।

प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ । कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।

अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्- ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’

स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।

प्रहरीले अपहरणकारीहरुलाई मारेका कारण अब कानूनअनुसार पीडितले क्षतिपूर्ति पाउने सम्भावना चाहिँ लगभग सधैंका लागि सकिएको छ ।

अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडाुमनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए । अनलार्इन खबरबाट


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.