काठमाडौँ । सोमबार भक्तपुरमा प्रहरीको गोलीबाट मारिएका निसान खड्काका हत्या अभियुक्त गोपाल तामाङ र अजय तामाङका परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।
अभियुक्त तामाङद्वय प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन वा प्रहरीले हत्या गरेको हो निष्पक्ष छानविनको माग गर्दै आयोगमा निवेदन दर्ता गरेका छन् ।
गएको आइतबार पेप्सिकोलाबाट ११ बर्षका बालक निसान खड्कालाई उनीहरुले अपहरण गरी भक्तपुरमा हत्या गरेका थिए ।
सोमबार प्रहरीले उनीहरुलाई भक्तपुरको सुर्यविनायक माथि जंगलमा इन्काउन्टर भएको दावी गरेको छ ।
प्रहरीले इन्कान्टर भएको दावी गरेपनि प्रत्यक्षदर्शीहरुले भने इन्कान्टर झुटो भएको बताएका छन् ।
प्रत्यक्षदर्शीले तामाङद्वयलाई घरको कोठाबाटै प्रक्राउ गरी लिएर गएको बताएका छन् । प्रहरीले भने उनीहरुसँग दोहोरो भिडन्त भएको र त्यसक्रममा मारिएको बताएपनि परिवारले विश्वास गर्ने आधार नभएको भन्दै आयोग पुगेका हुन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द