काठमाडौं । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् ।
तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ ।
मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ ।
२०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन बिकको हत्या गरिएको थियो । विकका आफन्तले उच्च अदालत जनकपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा मुद्दा दायर गरेका थिए ।
सरकारले सो मुद्दा अहिलेसम्म फिर्ता लिएको छैन । सो घटनामा मुद्दा दायर गरिएका अभिराम शर्मा प्रदेश २ सरकारमा मन्त्री भएका छन् ।
मुद्दा दायर गरिएका कौशल यादव संघीय फोरमबाट प्रदेशसभा महोत्तरीको ४ (क) बाट सांसद छन् ।
शंकर शाही (रामशंकर मिश्र) जलेश्वर नगरपालिकाका मेयर हुन् ।
लक्ष्मी महतो फोरमबाट महोत्तरी १ बाट उम्मेदवारी दिइ पराजित भएका थिए । देवेन्द्र यादव स्वतन्त्र उम्मेदवार थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द