Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

सर्लाहीका एक दलित खलासीमाथि प्रहरी अत्याचार, रातभर निर्घात कुटेपछी भन्याे ‘निर्दाेश’

User Photo
बुधबार, साउन ३०, २०७५

सर्लाही । सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् ।

चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगायाे ।


advertisement

सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतबार रातभर राखेर पैताला, तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न ठाउँमा पाइप नै पाइपले हानेको पीडित युवकले गुनासो गरेका छन् ।

उनले रुँदै भने, ‘बागमतीदेखि कुट्दै-कुट्दै चन्द्रनिगाहपुर पुर्याए र त्यहाँ पनि राति पाइप नै पाइपले हाने ।’ परिवारका अनुसार, विशाल अहिले थलिएका छन् ।

आइतबार साँझ बागमती बजारमा एक महिलाको सुन चोरी भएको थियो ।

त्यस क्रममा एक्कासी यही नै हो चोर भन्दै उनले खलासी काम गर्ने माइक्रो बस छेउमा यात्रु कुरेर बसिरहेका विशालालई स्थानीय वासिन्दाले समाते र अन्धाधुन्द कुटे ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.