जनतामा करकाे डर, झापाबाट सुरू भयाे कर वृद्धी बिरूद्ध प्रदर्शन

बिहिबार, साउन ३१, २०७५, । 

स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेता प्रकाश खड्काल यो शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गरी समयमै उचित सम्बोधन नगरे चरणवद्ध आन्दोलनमा जाने बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, साउन ३१, २०७५ (August 16, 2018, 7:52 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै