Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

एकवर्षे जुम्ल्याहा छोरीकाे शव सेफ्टी ट्यांकीमा गाडेर हत्या गरेर अामा फरार

User Photo
बिहिबार, साउन ३१, २०७५

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक महिलाले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन् । कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।

कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन् । तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

तर, बुधबार साँझ उनको मृत्यु भयो ।

अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो ।

करिब परिवारका कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले अनलाइनखबरसँग भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’

कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको भनिए पनि उनी माइतमै बस्दै आएकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.