Naya Media
बिहिबार, जेष्ठ ८, २०८२
| | May 22, 2025
बिहिबार, जेष्ठ ८, २०८२
Advertisement

तरकारी विचाैलियाकाे दादागिरी, अनुगमनमा गएकाे सरकारी टाेलीले सकेन चेकजाँच गर्न

User Photo
मङ्लबार, भदौ ५, २०७५

सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।

शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदस्यिय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन ? र कती मुल्य बढाइँदोरहेछ ?’


advertisement

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।

तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो ।

त्यतिबेलासम्म बजारमा ठुलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.