Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

तरकारी विचाैलियाकाे दादागिरी, अनुगमनमा गएकाे सरकारी टाेलीले सकेन चेकजाँच गर्न

User Photo मङ्लबार, भदौ ५, २०७५

सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।

शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदस्यिय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन ? र कती मुल्य बढाइँदोरहेछ ?’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।

तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो ।

त्यतिबेलासम्म बजारमा ठुलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.