सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।
व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।
यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि त्यही बजारमा व्यापारी साहसहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।
अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।
साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।
त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमाा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द