कञ्चनपुर । निर्मला पन्तकाे बलात्कार पछी हत्याकाे घटना सेलाउन नपाउदै कञ्चनपुरमा फेरि एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको हाे ।
बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएर अपहरणशैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताएकाछन।
किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए ।
‘बलात्कार पछी चारै युवक फरार छन । बलात्कारमा संलग्न चार जना मध्य दुई युवकसंग चिनजान रहेकाे किशोरीले बताएकाे प्रहरी प्रमुख बमकाे भनार्इ छ । ‘पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन् ।’ फरार चारै जनाको तिब्र खोजी कार्य भईरहेको छ ।
निर्मला पन्तकाे बलात्कार र हत्याबारे निश्पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय कन्चनपुर सरूवा भएका कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको बताएका छन ।
‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।
कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।