सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ- सावित्री सुवेदी

चर्चित सामाजिक अभियान्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने आक्रोश पोखेकी छन् ।

सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन । विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासि, भष्ट्रचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छन् ।

उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।

नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, अशोज ५, २०७५ (September 21, 2018, 12:29 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै