Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

बाेक्सी भन्दै महिला कुटेकाे अाराेपमा वडा सचिव पक्राउ

User Photo
सोमवार, कार्तिक २६, २०७५

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ का सचिव टिकाराम आचार्यलाई बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

तिलाेत्तमा नगरपािलकाकै वडा नं ४ की डम्बरकुमारी न्यौपानेलाई बोक्सीको आरोपमा आचार्यले दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोपमा आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।


advertisement

प्रहरीका अनुसार आचार्यकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई पनि पक्राउ गरिएको छ । आचार्य परिवारले आफूलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै न्यौपानेले उजुरी दिनुभएको थियो ।

डम्बरकुमारीले दिएको बयान अनुसार छोरी प्रतिज्ञाले आफूलाई कुटपिट गरेको, आमा कमलाले साथ दिएको र बुवा टिकाराम रमिते बनेर हेरेका थिए ।

घटनालाई गम्भीरता पूर्वक लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.