निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी

अझै केहि जना शंकाको घेरामा छनः प्रहरी उपरीक्षक कडायत
शुक्रबार, कार्तिक ३०, २०७५, । 

निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ ।

शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।

अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ ।

अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् ।

उनीहरुको डिएनए जाँच हुन सक्छ ।, डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, कार्तिक ३०, २०७५ (November 16, 2018, 8:27 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै